संसदमा दुई पक्षका सांसदबीच हानाहान, एक सांसद गम्भीर घाइते

Posted on: 11 May, 2019

बैशाख २८, काठमाडौं । शनिवार हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ । 

सुपुरर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच घम्साघम्सी सुरु भएको थियो । 


घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ । 

हङहङले आपराधिक आरोप लागेको व्यक्तिलाई सुपुरदर्गी गर्न अनुमति दिने कानुन लागु गर्न खोजेको छ । नयाँ परिवर्तनमा अपराधको आरोपमात्रै लागेका जो कसैलाई सुपुरदर्गी सम्झौता नभएका देशले मागेको खण्डमा समेत सुपुरदगी गरिने व्यवस्था छ । 

प्रस्तावित सुपुर्दगी काननु पारित भएमा बेइजिङको हङहङमाथिको नियन्त्रण बढ्ने यसका विरोधीहरुको भनाई छ । उनीहरुका अनुसार यसपछि अहिले हङहङलाई दिइदै आएको कयैन विशेषाधिकार र कानुनी संरक्षण नष्ट हुनेछ । 

सन् १९९७ सम्म ब्रिटिस उपनिवेश रहेको हङहङ, चीनलाई हस्तान्तरण गरिँदा यस क्षेत्रमा छुट्टै कानुनी–क्षेत्राधिकार हुने सहमति भएको थियो । 

शनिवार संसदमा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदले विधयकबारे अलग सुनुवाई सुरु गर्न थालेपछि तनाव उत्पन्न भएको थियो । 

तनाव बढ्दै जादाँ हात हालाहालको अवस्था सिर्जना भयो । सांसदहरु टेबल चढ्ने, एक अर्कालाई गाली गर्ने र दुई पक्ष भएर एक अर्कालाई ठेले । यस घम्साघम्सीबीच एक सांसद ग्यारी फ्यान बेस्कन पछारिए । लोकतन्त्र पक्षधर सांसद ग्यारी लडेर गम्भीर घाइते भएपछि अस्पताल लगिएको हो ।   

सुपुरदगी विधयक लागू भए हङहङलाई दिइएको विशेष स्वायत्तमाथिनै प्रहार हुने हो कि भन्नेमा जनस्तरमै डर देखिन्छ । त्यही कारण दुई हप्ता अघि सुपुरदगी विधयकको विरोधमा १ लाख ३० हजार मानिसले प्रदर्शन गरेका थिए । त्यस्तै कयैन हजारले संसदबाहिर भेला भएर विधयक परित्याग गर्नुपर्ने माग राखेका थिए । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!