काबुलमा आक्रमण गर्ने समूहका सवैजना मारिएको मन्त्रालयको दावी

Posted on: 20 Apr, 2019

वैशाख ७, काबुल (रासस/एएफपी) | अफगानी अधिकारीले काबुलको एक सरकारी कार्यालय परिसरमा विस्फोट गराउने समूहका सबैजना सुरक्षा कारबाहीमा मारिएका बताएका छन् । 

शनिबार विहान एक जना आत्मघाती आक्रमणकारीले सूचना मन्त्रालयको पर्खालमा विष्फोट गरेपछि शुरू भएको सुरक्षा कारबाही करिब छ घण्टासम्म चलेको थियो ।

घटनामा सानो समूहमा रहेका आतङ्ककारी विद्रोहीको सम्लग्नता रहेको र ती सशस्त्र व्यक्तिहरूमध्ये केही मन्त्रालयको भवनमा पस्न सफल भएको, एक व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको थियो ।  भवनभित्र छिरेका बन्दूकधारीबाट हुनसक्ने सुरक्षा खतरालाई लिएर प्रहरीले भवनमा रहेका करिब दुई हजार व्यक्तिलाई सकुशल उद्धार गरेको बताइएको छ ।


गृह मन्त्रालयले ट्वीटरमार्फत जारी एक विज्ञप्तिमा भनिएको छ, “शसस्त्र आतङ्ककारीविरूद्धको सुरक्षा कारबाही सकिएको छ । सवैजना आत्मघाती वम आक्रमणकारी र वन्दूकधारी मारिएका छन् ।”

“सुरक्षाकर्मीले भवनभित्र रहेका दुई हजारभन्दा बढी सर्वसाधारणलाई सकुशल उद्धार गरेको छ”

यस बिषयमा तपाइको प्रतिक्रिया...!