नयाँ वर्षको अवसरमा श्रीलङ्काका राष्ट्रपतिद्वारा एकताका लागि आह्वान

Posted on: 14 Apr, 2019

वैशाख १, कोलम्बो (रासस/सिन्ह्वा) | श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशलाई नयाँ उचाइमा पुर्याउनका लागि सबै देशवासीलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । 

देशमा मनाउने गरिएको सिंहाला र तमिल नयाँ वर्षको अवसरमा आइतबार विषेश सन्देश दिँदै राष्ट्रपति सिरिसेनाले देशको आवश्यकता पूरा गर्नका लागि देशवासीको एकता अत्यावश्यक भएकोमा जोड दिनुभयो । 

उहाँले सन्देशमा लेख्नु भएको छ, “हाम्रो र देशको सफलताका लागि हामीले सामूहिक रूपमा प्रयास गर्नु पर्दछ, देशको आवश्यकतालाई पूरा गर्न सकेमात्रै हामीले खुशी जीवन पाउनेछौँ ।”

साथै आम जनतामा शान्ति र समृद्धिका लागि पनि राष्ट्रपति सिरिसेनाले नयाँ वर्षका अवसरमा शुभकामना दिनुभएको छ । 

त्यसैगरी श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि नयाँ वर्षका अवसरमा विषेश सन्देश जारी गर्दै देशका यस्ता सांस्कृतिक पर्वहरूले देशलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

आजदेखि शुरु हुने नयाँ वर्ष श्रीलङ्कासहित अन्य पनि केही देशहरूमा मनाइने उहाँले वक्तव्यमा उल्लेख गर्नु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!