बैज्ञानिकले मानव प्रजातिको अर्को अवशेष भेटे

Posted on: 12 Apr, 2019

चैत २९, काठमाडौं | फिलिपिन्समा मानव प्रजातिको अर्को अवशेष भेटिएको छ । लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्समा भेटिएको बीबीसीले उल्लेख गरेको छ । यो प्रजातिको नाम ‘होमो लूजोनेसिस’ राखिएको छ । यो भेटीएसंगै मानिस प्रजातिको सूचीमा अर्को एउटा नाम थपिएको छ । 


यो प्रजातिको विशेषता प्राचीन मानव प्रजाति र अहिलेको मानव प्रजातिसँग मिल्ने किसिमको छ ।  यो प्राचीन मानवको सम्बन्ध अफ्रिकासँग जोडिएको र पछि दक्षिण पूर्व एशियामा बसाईं सरेको हुनसक्ने अनुमान गरिएको छ । 

नेचर पत्रिकाका अनुसार ‘होमो लूजोनेसिस’को अवशेष लूजोनको उत्तरतर्फ रहेको कैलाओ गुफामा भेटिएको हो । यो ६७ हजार देखि ६० हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।


यो अवशेषमा मानव शरिरका तीनओटा भागहरु भेटिएका छन् । जसमा दाँत, हात र खुट्टाको हड्डी रहेको छ । यसलाई सन् २००७ मा गुफाको उत्खननका बेला निकालिएको थियो ।

होमो लूजोनेसिसका विशेषता २० देखि ४० लाख वर्षअघि अफ्रिकामा उभिएर हिँड्ने बाँदरजस्ता देखिने अस्ट्रलोपेथेसीन नामको मानव प्रजातिसँग मिल्न जान्छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!