पाकिस्तानमा बम बिस्फोट हुँदा १६ जनाको मृत्यु

Posted on: 12 Apr, 2019

चैत २९, काठमाडौं | पाकिस्तानमा भएको एक बम बिस्फोटमा परि १६ जनाको मृत्यु भएको छ ।

स्थानीय पुलिसका अनुसार पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटास्थित हजारगञ्ज इलाकामा बिहान करिब ८ बजे यो बिस्फोट भएको हो ।

समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।

धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् ।

पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!