निर्माणाधीन भवन भत्किदा सात जनाको मृत्यु

Posted on: 21 Mar, 2019

चैत ७, भारत | भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ । धारवादकी उपआयुक्त दीपा चोलानले भवनमा पुरिएका ६१ जनाको जीवितै उद्धार गरिएको बताउनुभयो । 

भारतीय वायुसेनाले निर्माणाधीन घरले थिचेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि दुई वटा टोलीलाई हवाई जहाजबाट घटनास्थलमा पु¥याएको थियो । खोजी तथा उद्धार कार्य अझै जारी छ । 

यसैबीच, कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले खोज तथा उद्धारको कार्य युद्धस्तरमा भइरहेको जानकारी दिनुभयो । सरकारले उक्त घटनाको सूक्ष्म अध्ययन अनुसन्धान थालिसकेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!