उत्तर कोरियासँगको आगामी बैठकप्रति ट्रम्प आशावादी

Posted on: 21 Feb, 2019

फागुन ९, वासिङ्टन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउनुभएको छ । 

राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताउनुभयो । 

यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन तर पनि मलाई लाग्छ त्यो बैठक सफल हुनेछ– उहाँले भन्नुभएको छ । उहाँले सो बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने धारणा राख्नुभयो । 

त्यस बैठकपछि अमेरिकाले उत्तर कोरियामाथि लगाएका केही नाकाबन्दीहरुमा पनि खुकुलो पारिने धारणा उहाँले राख्नुभएको छ । राष्ट्रपति ट्रम्पले यदि उत्तर कोरियाले अमेरिकाले यसअघि भन्दै आएका केही कुराहरुमा सहमति जनायो भने अमेरिकाले पनि त्यस्तो नाकाबन्दीलाई खुकुलो पार्ने बताउनुभएको हो । 

अमेरिकाले वास्तविक रुपमा उत्तर कोरियाको नाकाबन्दीको हटाउन चाहेको तर पनि उत्तर कोरियाको तर्फबाट पनि निःशस्त्रीकरण पूर्ण रुपमा लागू भएको हेर्न आफूले चाहेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!