चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायको फैसला

Posted on: 21 Feb, 2019

फागुन ८, बेइजिङ | चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । 

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ । 


चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा पर्नुभएको हो । उहाँलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । 

सैन्य अदालतले नै उहाँलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् । एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!