एउटा लोकगीतमै ६ लाख लगानी ! बल बहादुरको 'फूल जस्तै' सार्वजनिक (भिडियो सहित)

Posted on: 06 May, 2019

बैशाख २३, काठमाडौँ | गायक बलबहादुर गुरुङको प्रस्तुतीमा लोक तथा दोहोरी गीत ‘फूल जस्तै’ आज सार्वजनिक भएको छ । उक्त भिडियो बिबि गुरुङको अफिसियल युटुव च्यानलबाट आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ भने गायक बल बहादुर गुरुङलाई ख्यातिप्राप्त गायिका विष्णु माझिको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा कोरस स्वर गायक प्रसाद खप्तरी मगर, यज्ञ बिक, बाबुकृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियारको रहेको छ । 

मौसम हिमालीको निर्देशनमा निर्माण भएको भिडियोमा ख्यातिप्राप्त नायक श्याम घिमिरे र जुना सुन्दासको नृत्य तथा अभिनय रहेको छ । श्याम घिमिरे लामो बर्षपछि लोकगीतको भिडियोमा फर्किएका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिकले गरेका छन् । 

उत्कृष्ट कोरस प्रस्तुति सहित ठूलो लगानीमा बनेको यो गित करन चैसिरको छायांकनमा बनेको हो भने प्रविन भट्टले सम्पादन गरेका हुन् । लामो समय पछि ‘फूल जस्तै’मा नृत्य गरेर पुन: लोकगीतमा फर्किएका नृत्यकार श्याम घिमिरेले आफूले निकै राम्रो गीत भएकोले यो गीतमा आफूले अभिनय गरेको बताएका छन् ।  उनले भने -'लोक गीतको युग बदलिएछ, लोकगीतको भिडियो सुटिङ गर्दा ठूलो पर्दाको सिनेमामा सुटिङ गरेजस्तै अनुभव भएको बताए ।' 


भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक बल बहादुर गुरुङले यो गीतको भिडियो सार्वजनिक गर्दासम्म लगभग ६ लाख खर्च भएको बताए । उनले भने 'यो गीतले मागे जति कुरा दिने क्रममा खर्च केहि बढेको छ । यो गीतको कथावस्तुले खोजेको कुराहरु दिन खोजेका छौं ।' 

हेर्नुस् कस्तो बनेको छ 'फूल जस्तै' - भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!