सरोज खनालको हावाको झोका. . . (भिडियो सहित)

Posted on: 14 Apr, 2019

युवा कृषि हेम प्रभास यतिखेर निर्देशक भएका छन् । कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षे निर्देशनको कोर्ष गरेपछि हेम सर्ट फिल्म तथा म्यूजिक भिडियो निर्देशनमा उत्रिएका हुन् । आधा दर्जन भन्दा सर्ट फिल्मको निर्देशन गरिसकेका हेम प्रभासले कविताको दृश्य भिडियो वनाएर प्रयोग समेत गरेका छन् । यतिखेर हेमले आफ्नो पाँचौ म्यूजिक भिडियोको निर्देशन गरेका छन् । जुन म्यूजिक भिडियो यहि शुक्रबार रिलिज भइरहेको छ । 

हावाको झोका अधेरी रातमा ... बोलको यो गीत विकाश थापाले लेखेका हुन् । अमेरीकामा रहेर पनि विकाश साहित्यिक लेखनमा सक्रिय छन् । यस अघि हेम प्रभासले प्रयोगात्मक रुपम निर्माण गरेको दृश्य भिडियो कविता पनि विकाशले नै लेखेका हुन् । 


हावाको झोका अधेरी रातमा... गीतमा विकाश थापाको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतलाई रामकृष्ण ढकालले गाएका हुन् भने गीतका एरेञ्जर देवेन्द्र नेवा हुन् । रेकर्डीङ तथा मिक्सिङ भने प्रकाश मिश्रले गरेका हुन् । एकोस्टीक नेपालमा गीत रेकर्डीङ गरिएको हो ।


गीतको भिडियो मुकेश हुँमागाईले खिचेका हुन् । कविता तोलाङगीले श्रृंगार गरेकी हुन् भने दृश्य सम्पादन राजेश कुमारले गरेका हुन् । वरिष्ठ अभिनेता सरोज खनाल, रीमा के.सी, सुजन थापा, सविना आचार्य, अनन्त सिग्देल, तीलक गौतम एवं संगीतकार सन्ताष श्रेष्ठ समेत फिचरिङ छन् । डिजिटल क्रियशनको प्रस्तुती यो गीत आरव प्रोडक्सनबाट निर्माण गरिएको हो । गीतलाई म्यूजिक नेपालले रिलिज गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!