नेपाल र जापानबीच औपचारिक श्रम-सम्झौता (भिडियो)

Posted on: 25 Mar, 2019

चैत ११, काठमाडौँ |  नेपालीहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको जापानमा नेपाली कामदार रोजगारीकै लागि पठाउने सम्बन्धमा औपचारिक सम्झौता भएको छ । सोमबार ललितपुर स्थित होटल हिमालयमा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

यस सम्बन्धि भिडियो हेर्नुहोस् 

जापानसंगको समझदारीसंगै अब नेपाली कामदार पठाउने कामको औपचारिक सुरुवात अप्रिल १ देखि सुरु हुने भएको छ । सम्झौता अनुसार नेपाली कामदार १४ कार्यक्षेत्रमा कामदारको रुपमा जान पाउनेछ । यस अघि बिद्यार्थी वा प्रशिक्षार्थी कामदारको रुपमा मात्र जापान जान पाउने गरेकोमा सम्झौतासंगै अब नेपाली कामदारले श्रम स्वीकृति लिएरै जापानमा काम गर्न जान पाउने भएका छन् ।

नेपालीले जापानमा कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योथ, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!