‘३३ किलो सुन छिर्ने एअरपोर्टबाट छोरी तिमीलाई २ पोका मिठाइ छिरेन’ - भिडियो

Posted on: 26 Feb, 2019

फागुन १४, काठमाडौँ | सरकारले गरेको कामको आलोचना सहित धमाधम गीतहरु सार्वजनिक भएका छन् । केहि दिन अघि पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' भाइरल भएको अवस्थामा त्यस्तै अर्को गीत सार्वजनिक भएको छ । 

यो गीत बैदेशिक रोजगारीमा जाने युवाहरुले नेपाल फर्कंदा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भोग्नुपरेको पिडाको बिषयलाई चित्रित गरि तयार पारिएको छ । नेपाल एयरपोर्टको भन्सार कार्यलयमा ल्याइएको नयाँ नियमलाई लाखौं बैदेशिक रोजगारीमा रहेका युवाहरुले बिरोध गर्दै आएका छन् । 


यो गीतका गायक सुर्य खड्का आफैमा परदेशी हुन् । जापानमा रहदै आएका चर्चित प्रदेसी गायक सुर्य खड्काले सरकार सामु गुनासो पोखेर व्यंग्यात्मक शैलीमा गीत मार्फत भनेका छन् - 

"झोला खाली एयरपोर्ट मै गर्देशी  

के लगेर जान्छ घर परदेशी

गरीवको त दिनै फिरेन

३३ किलो सुन छिर्ने एयरपोर्टबाट 

छोरी तिमीलाई दुई पोका मिठाई छिरेन"


उनको गीतले सरकारले लिएको नीतिलाई भन्दा पनि एयरपोर्टभित्रको बेथितिलाई उजागर गर्न खोजेका छन् । कसैले ३३ किलो सुन छिराउन सक्ने अनि विदेशबाट आफ्नो देश धानिरहेको युवालाई स्वदेश फर्कंदा बिभिन्न पिडा दिने ? भन्ने उनको शब्दको सार बुझिन्छ । सुर्य थापाको स्वरमा रहेको प्रस्तुत गीतमा गीतकार शिव अखेलीको शब्द रचना रहेको छ भने गायक सुर्य खड्काले नै लय दिएका छन् । सुर्य थापाकै युटूवबाट सार्वजनिक भएको गीतको नाम 'एअरपोर्ट काण्ड' दिईएको छ ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!