गलत उपचारले एक पटक उभिन नपाउदै खुट्टा गुम्यो, श्रेयनको दर्दनाक कथा (भिडियोसहित)

Posted on: 19 Feb, 2019

फागुन ७, काठमाडौँ | गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगिएको थियो ।

एक्स रे गर्दा उनको देव्रे तिघ्राको हड्डी भाँचिएको थाहा भयो । जडिबुटी उपचार पद्धतिप्रतिको विश्वासका कारण बराइलीले स्थानीय राजकुमार लिम्बूको उपचार केन्द्रमा पु¥याए । 

त्यसपछि अहिले झापाबाट काठमाडौ ल्याएर बालकको उपचार भैरहेको छ । जडिबुटी उपचार पद्धतिबाट लिम्बूले गलत उपचार गरेकाले बालकको खुट्टा काट्नु परेको ग्राण्डि अन्तराष्ट्रिय अस्पतालले जनाएको छ । सम्बन्धीत क्षेत्रबाट अनुमति नलिई उपचार केन्द्र संञ्चालन गरेका लिम्बुको कारणले बालकले खुट्टा गुमाएपनि लिम्बुलाई भने कारवाही भएको छैन ।

थप उपचारका लागि पैसा सकिएपछि बराइली परिवारमा चिन्तामाथि चिन्ता थपिएको छ । रविन ज्यालादारी मजदुर हुन् । दैनिक ४–५ सय कमाउँथे । तर, छोराको यस्तो अवस्था भएपछि काममा जान पाएका छैनन् । रविनकी पत्नी ममता गृहणी हुन् । गाउँघर छरछिमेकीले दिएको सहयोग र ऋण खोजेर जुटाएको पैसा सकिएपछि बाँकी उपचारबाट छोरालाई सञ्चो बनाउन उनीहरुले आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!