हिरो बन्न काठमाडौँ आएका दिपेन्द्र निर्देशक बने, हेर्नुस् उनकै निर्देशनमा 'पानी तालैले'- भिडियो

Posted on: 30 Sep, 2018

असोज १४, काठमाडौँ | पछिल्लो समयमा ब्यापक चर्चामा आएका निर्देशक हुन् दिपेन्द्र तिमल्सिना । धादिङ जिल्ला ज्वालामुखी ५ खरीका तिमल्सिना चलचित्रमा हिरो बन्ने सपना बोकेर २०५७ मा काठमाडौं आएका थिए । फिल्मी क्षेत्रमा जम्न सुरु-सुरुमा निकै दु:ख गरेका तिमल्सिनालाई अहिले भने भ्याइनभ्याइ छ ।

बरु थोरै गर्ने तर बजारमा राम्रा भिडियो मात्र दिने सोच बनाएका दिपेन्द्र पछिल्लो समय निर्देशकको रुपमा परिचित भइसकेका छन् । अहिले सम्म थुप्रै भोजपुरी तथा नेपाली चलचित्रका गीतहरुमा कोरियोग्राफी गर्दै आएका तिमल्सिनाले आधुनिक, लोक, पप गरेर करिब ५ सय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् । दिपेन्द्रले फिदा, मापासे, भमरा,ड्रिम गर्ल, चरर-बरर-धरर, तिमी खुसि, नौलो-नौलो, आधा जीवन, आमा-४, पल्टन लगायत थुप्रै हिट गितहरुको भिडियोमा निर्देशन गरिसकेका छन् । 


पछिल्लो समय उनै निर्देशक दिपेन्द्रको निर्देशनमा लोक दोहोरि गित ‘म दुखिको आशुले…’ बजारमा आएको थियो । यसको चर्चासंगै तिमल्सिनाले  निर्देशन गरेको ‘पानी तालैले…’ नामक फरक शैलीको लोक दोहोरी गीत बजारमा आएको छ ।

पछिल्लो गीतको भिडियो मकवानपुरको कुलेखानी र काठमाडौँ आसपासका ठाउँहरुमा यसको छायांकन गरिएको छ । गीतमा गायक तिर्थ खत्री र गायिका सुमित्रा भट्टराईको आवाज रहेको छ ।


भिडियोको निर्देशन तिमल्सिना आफैले गरेका छन् भने भिडियोमा चर्चित नायिका निता ढुंगाना र 'बोल माया' नामक गीत बाट चर्चामा आएका गायक तथा मोडल प्रकाश सपुतको दमदार अभिनय देख्न सकिन्छ ।

करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको यस भिडियोलाई मण्डली फिल्म्सले निर्माण गरेको हो ।

हेर्नुहोस उक्त भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!