उदयपुरमा भ्यागुते रोगबाट पशु चौपाया मरे

Posted on: 25 Sep, 2020

असोज ९, गाईघाट । उदयपुरको बेलका नगरपालिका–८ कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन् । सिसौलियामा ६० सो रोगबाट भैँसी, राँगा, पाडापाडीसहित गाई र बाच्छा मरेको बेलका–८ सिसौलियाका स्थानीय राजबहादुर भुजेलले बताउनुभयो । 

अहिले प्रदेश पशुपन्छी विकास मन्त्रालय र बेलका नगरपालिकाको पशु शाखाको सहयोगमा रोग विस्तारै नियन्त्रण हुँदै गएको अर्का स्थानीय भोजनप्रसाद दाहालले बताउनुभयो । शुरुमा पशुको घाँटी सुन्निने, मुखबाट र्याल निस्कने र श्वासप्रश्वास फेर्न गाह्रो भएर पशु मर्ने गरेको दाहालले बताउनुभयो । रोग लागेको दुईदेखि तीन दिनभित्रै पशु मर्ने गरेको बताइएको छ । 

नगरपालिका पशुशाखाका प्रमुख पुष्प बुढाथोकीका अनुसार दुई हप्ताअघि सिसौलीया क्षेत्रका कृषकको घरपालुवा पशु चौपायमा नयाँ रोग देखा परेको हो । उहाँले जनवार मर्न थालेपछि प्रदेश पशुपन्छी मन्त्रालयसँग सहयोग मागेर अनुसन्धान गर्दा भ्यागुते रोग पुष्टि भएपछि अहिले सोहीअनुसार सुई प्रयोग गर्न थालेकोले नियन्त्रण हुँदै गएको बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!