उदयपुरमा लागूऔषधसहित २ जना पक्राउ

Posted on: 06 Apr, 2019

चैत २३, उदयपुर | उदयपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन् | प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो । चेकजाँचमा खटिएको प्रहरी टोलीले स ६ प ९३५५ नम्बरको मोटरसाइकललाई  चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार  त्रियुगा नगरपालिका १२ का २३ बर्षीय विष्णु तामाङ र १८ बर्षीय आषिश चौधरीको साथबाट नोर्फिन १५, डाईजेल्याव १७ र फेनारागन १६ एम्पुल बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!