काठमाडौंमा भ्यानको ठक्करबाट एक किशोरीको मृत्यु

Posted on: 23 Jan, 2019

माघ ९, काठमाण्डौ | काठमाडौंको सिनामंगलमा भ्यानको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ | मृत्यु हुनेमा उदयपुरकी अनिमा कार्की रहेको प्रहरीले जनाएको छ । 

बुधबार बिहान बा १९ च ९६ ४५ नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएकी उदयपुरको कटारी नगरपालिका ८ घर भई काठमाण्डौको सिनामंगलमा बस्दै आएकी कार्कीको ज्यान गएको हो ।

१८ वर्षकी कार्कीको उपचारको क्रममा काठमाण्डौ मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!