रारा जाने छोटो बाटो निमार्ण कार्यले तिव्रता लिंदै (६ तस्विर)

Posted on: 18 Aug, 2020

दान बहादुर बुढा | भदौ २, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठुलो ताल रारा जाने छोटो दुरीको पर्यटकिय मार्ग निमार्णको कार्यलाई तिव्रता दिईएको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा रहेको नेपाल कै ठुलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमान स्थलसम्म ९ किमी  र त्यहाँ बाट माथिल्लो मिलिसम्म ३  किमी भएर १२ किमी पार गरेर जानुपथ्यो नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुदै पासाहाल्न सम्मको ७ किमी दुरी छोटो हुने सडमक  निमार्णलाई तिव्रता दिएको छ ।

पर्यटकहरु कणाली राजमार्ग भएर रारा आउने र दुरी टाढा हुदा सदरमुकाम गमगढी नझरेर फकर्ने गदै आएका छन सदरमुकामको सिरानमा देश कै प्रमुख पर्यटकिय स्थल भएर पनि त्यसको फाईदा गमगढीका ब्यापारि र स्थानिय बासीले फाईदा लिन सकेको छैनन ।

अब सदरमुकाम बाटै छोटो दुरीको पर्यटकिय मार्र्ग निमार्ण सम्पन्न भए रारा घुम्न आउने आन्तरिक तथा बाईय पर्यटकहरु जिल्ला सदरमुकाम भएर सिधै रारा जान सक्नेछन ।

रारा देश कै प्रमुख पर्यटकिय स्थल भएर पनि यहाँ खान,बस्नको भरपर्दो व्यवस्था नहुदा स्वर्गमा आएर बास,गासको समस्या भोग्नु परेको पर्यटकहरुले गुनासो गदै आएका थिए । 

सदरमुकाम बाटै छोटो दुरीमा रारा पुग्ने पर्यटकिय यो सडक निमार्ण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधा सम्पन्न होटलहरुमा पर्यटकहरु बास बस्न,रारा घुमेर पुन बास बस्न सदरमुकाम मै आउन सक्नेछन ।

रारामा ताल बाहेक अन्य पर्यटककिय स्थलहरुको विकास र प्रचार प्रसार नहुदा पर्यटकहरु बसाई छोटाएर फर्कने गरेका थिए,सदरमुकाम बसाई भएमा यहाँ रहेका कालिका मालिका मन्दिर,छायाँनाथ,ऋणीमोक्क्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनु का साथै रु १ मा अंकिल चंखेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन यसले गर्दा पर्यटकहरुको बसाई लम्विनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुको प्रचार प्रसार हुनेछ ।

यो मार्ग बनेमा सदरमुकामबाट सिधै रारा जादा बाटोमा पर्ने तलितुम,सायाँखोला र माथीतुम गाँउहरुको ग्रामिण रहन,सहन,चाल,चलन,धर्म,संस्कृतिहरु देख्न पाईनेछ भने यो मार्गको निमार्णले ग्रामिण पर्यटनमा पनि टेवा पुग्न देखिन्छ  ।

रारा घुम्न आउने पर्यटकहरुलाई सदरमुकाम तर्फ तान्न र पर्यटकहरुलाई यहाँ रहेका रारा बाहेकका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुमा ध्यान केन्द्रित गराई मुगु बसाई लम्बाउने, जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने उदेश्यले गमगढी–माथीतुम–पासाहाल्ना– रारापर्यटकिय मार्ग निमार्ण कार्य थालिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताउनु भयो ।


गत आर्थिक बर्षमा नगरपालिकाले यो मार्ग निमार्णका लागी ५९ लाख रकम विनियोजन गरेको थियो भने यो बर्ष पनि यो मार्गलाई निरन्तरता दिई निमार्णका लागी बजेट छुटाएको छ ।

स्थलगत अनुगमन गर्दा काम सन्तोष जनक पाईएको र चालु आवमा सम्पन्न हुनेगरि कामको रप्तार बढाउन निमार्ण उपभोक्ता समितीलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताउनु भयो ।

उहाँले भन्नुभयो चालु आर्थिक बर्ष मै यो मार्ग सम्पन्न  भएर बैशाखबाट नै रारा जान प्रयोगमा आउछ ।


यो मार्ग निमार्णका लागी पटक पटक विभिन्न जिल्ला स्तरिय बैठक, फोरमहरुमा कुरा उठाएको बल्ल नगरपालिका बाट सदरमुकाम बासीहरुको सपना पुरा हुन लागैको र यो मार्ग संचालनमा आएमा सदरमुकाममा रहेका होटेल तथा अन्य व्यवसायहरु फस्टाउने उद्योग बाणिण्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताउनु भयो ।

यो पर्यटकिय मार्ग निमार्णका लागी छायाँनाथ रारा नगरपालिकाले आर्थिक बर्ष ०७४/०७५ मा ५ लाख,०७५/०७६मा २० लाख र गत आंःबमा ५० लाख छुटाएर खर्च गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!