नेपाल एयरलाइन्सका जहाजमा भ्रमण बर्ष २०२० को लोगो

Posted on: 24 Nov, 2019

मंसिर ८, काठमाडौं | भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागी विभिन्न कार्यक्रमहरु सरकारले गरिराखेको छ | त्यस्तै नेपाल वायुसेवा निगमले आफ्ना सबै सवारीसाधन र जहाजमा भ्रमण बर्षको चिन्ह राख्ने भएको छ |

पाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक कार्ययोजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने वायु सेवा निगम कार्यकारी समितिको बैठकले निर्णय गरेको छ | पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालय स्थित बिक्रि कक्ष राति ८ बजे सम्म खुला राख्ने निर्णय समेत गरेको छ | त्यस्तै निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, टि्वटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटनसम्वन्धी सामग्री प्रसारण गर्ने बताइएको छ |

मिडिया/पर्यटक सहजिकरणका लागि एक उप-समिति निर्माण गरी पाक्षिक प्रगति मूल्याङ्कन गरी थप कार्यक्रम बनाउने निगमले निर्णय गरेको सुलेख मिश्रले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!