प्रवासमा रहेका नेपालीहरुलाई मन्त्री भट्टराईको यस्तो आग्रह

Posted on: 08 Aug, 2019

साउन २३, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन् । विदेशमा रहेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए यो सम्भव हुने उनले बताए ।

लुम्बिनी विकास कोषको विशेष वैठकमा जाने क्रममा बुटवल आइपुगेका भट्टराईले विदेशमा रहेका युवाहरुलाई विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काममा सहयोग गर्न आग्रह गरे ।

उनले सरकारले काम नगरेको भन्दै सामाजिक संजालमा टिप्पणी गर्नुको साटो नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउन आग्रह गरे । 

प्रधानमन्त्रीले आफूलाई पर्यटनमन्त्री नियुक्त गर्दा गौतमबुद्ध विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको स्मरण गर्दै भट्टराईले आउँदो डिसेम्बर अन्त्यसम्म विमानस्थल सञ्चालनमा आउने बताए । आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै उनले कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरे पनि आफूले नमानेको दाबी गरे ।

उनले निजगढ विमानस्थल २०१९ को अन्त्यसम्म शिलान्यास हुने दाबी गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!