नयाँ बर्षमा रु १०१ मै होटल बुकिङ

Posted on: 29 Dec, 2018

 


महेन्द्र केसी


पर्वत । अंग्रेजी नयाँ वर्षको अवसरमा बागलुङमा आउने पर्यटकहरुलाई रु १०१ मा नै होटल बुकिङ गर्न पाउने भएका छन् ।

 बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ नयाँ बर्ष २०१९ मा बागलुङ सदरमुकाममा आउने पर्यटकलाई रु १०१ मा कोठा उपलब्ध गराउने भएको हो

बागलुङ पर्यटन विकास समिति  रु १०१ मै होटल बुकिङ गराउने व्यवस्था मिलाएको संस्थाका अध्यक्ष राजु खड्काले बताए । नयाँ वर्षको असरमा १ सय होटलमा रु १०१ मा नै होटल बुकिङ गर्ने व्यवस्था मिलाएको उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!