ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

Posted on: 09 Feb, 2021

माघ २७,काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान  ७ बजेर ३५ मिनेटमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।

ओलाङचुङ्गोलामा भूकम्पले भौतिक संरचनाहरु हल्लाए पनि क्षति भने नभएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!