पाथीभराबाट दर्शन गरि फर्किएको भ्यान सुकेटारमा दुर्घटना, ११ जना घाइते, ५ जना गम्भीर

Posted on: 10 Apr, 2019

चैत २७, ताप्लेजुङ । पाथीभरा दर्शन गरि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गएराति दुर्घटना हुँदा ११ घाइते भएका छन् । तीर्थयात्री बोकेको मे१ज १४८६ नंको पिकअप भ्यान मङ्गलबार राति ९:५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने ६ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।

गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर सिफारिश गरिएको छ ।

घाइते सबै बारा निजगढका हुन् । बाँकी छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!