काठमाडौँ - ताप्लेजुङ हवाई भाडा बढ्यो

Posted on: 02 Jun, 2018

जेठ १९, ताप्लेजुङ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौँ – ताप्लेजुङको हवाई भाडा बढाएको छ । यसअघि रु पाँच हजार ३ सय ३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५ बढाएर रु सात हजार १९५ पुर्याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिए ।


एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्रि आएको राईले बताए । 

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!