स्याङ्जा र तनहुँमा तीनजनामा कोरोना संक्रमण

Posted on: 31 May, 2020

जेठ १८, काठमाडौं । गण्डकी प्रदेशका स्याङ्जा र तनहुँमा तीनजनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाको गल्याङ क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुईजना पुरुषमा कोरोना देखिएको छ भने तनहुँको ऋषिङको क्वारेन्टाइनमा रहेका एकजनामा कोरोना देखिएको हो ।

गण्डकी प्रदेशमा यो सँगै २४ जनामा कोरोना देखिएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३१९५ जनाको पीसीआर परीक्षणा गरिएको छ । जसमध्ये २९०७ जनामा संक्रमण देखिएको छैन । २६८ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!