तनहुँमा महिला र बालकको शव भेटियो

Posted on: 10 Aug, 2019

साउन २५, तनहुँ | तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । त्रिशूली नदीको किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!