तनहुँमा दुर्घटनामा परि दुई जनाको मृत्यु

Posted on: 23 Feb, 2019

फागुन ११, दमौली | पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–१४ बस्ने २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय सुरज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार दराईको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!