काँग्रेस नेता जोशीसहित अन्य २ जनाको पार्टी सदस्यता खारेज

Posted on: 09 Jan, 2019

पुस २५, काठमाडौँ । नेपाली काँग्रेसले पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित अन्य २ जनाको पार्टी सदस्यता खारेज गरेको छ | 

पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ४९ (११) ख तथा नेपाली काँग्रेसमो नियमावली २०६८ को नियम ४१ (१) बमोजिम ५ वर्षका लागि उनीहरुको पार्टी सदस्यता खारेज गरिएको हो । 


तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वार वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेद्वार बनेका जोशीसहित उनका प्रस्तावक र समर्थक हरिशरण पण्डित र रामदेव पन्त तथा समर्थकहरुको पार्टी सदस्यता खारेज भएको छ ।

नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेद्वारा पुष १९ मा पठाएको पत्र बमोजिम कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी पत्रमा पार्टीका आधिकारिक उम्मेद्वार विरुद्ध विद्रोही उम्मेद्वार बनेका र त्यसका प्रस्तावक तथा समर्थकको पार्टी सदस्यता ५ वर्षका लागि खारेज गरिएको उल्लेख गरिएको छ । 

२०५१ सालमा तनहूँ क्षेत्र नम्बर १ मा वरिष्ठ नेता पौडेलविरुद्ध जोशीले विद्रोही उम्मेद्वारी दिएका थिए । पौडेलले जोशीको उम्मेद्वारीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए । पौडेलले दिएको उजुरीका आधारमा निर्वाचन आयोगले जोशीको उम्मेद्वारी रद्द गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!