काठमाण्डौमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते

Posted on: 21 Jan, 2019

माघ ७, काठमाण्डौ । काठमाण्डौमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंको टोखामा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा स्याङ्जा चापाकोट नगरपालिका १० का सफल माझीकोमृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

बा ८ च ८७६२ नम्बरको कार र बा ६६ प ५४२५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडी बसेका १८ वर्षका सफल माझीको ज्यान गएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बसुन्धारा बस्ने प्रकाश बस्यालको धापासीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!