गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

Posted on: 10 Sep, 2020

भदौ २५, कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उहाँले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिनुभएको थियो । 

कोरोना महामारी नियन्त्रणमा खटिँदै आउनुभएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बस्नुभएको छ । उहाँले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताउनुभयो । “अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।” 

अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उहाँको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताउनुभयो । करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उहाँले आफैँ क्वारेन्टिन र आइसोलेशनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आउनुभएको थियो । उहाँले आइसोलेशनका सङ्क्रमितलाई योगाभ्याससमेत गराउनुहुन्थ्यो । रास

यस बिषयमा तपाइको प्रतिक्रिया...!