दैलेखबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना,मृतक तिनै जनाको सनाखत(नामावली सहित)

Posted on: 04 Mar, 2020

फागुन २१, सुर्खेत | सुर्खेतमा भएको जीप दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ | बुधबार दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप वीरेन्द्रनगर १५ राउटे गल्छेना भन्ने ठाउँमा भएको जिप दुर्घटनाम परि मृत्यु हुने तिनै जनाको सनाखत भएको हो |

प्रहरीका अनुसार मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ का अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका १५ का अन्दाजी ४२ वर्षीया खड्गबहादुर  बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४९ वर्षीया गोमा बुढाथोकी रहेका छन् |

दुर्घटनाका घाइते चार जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। घाइते हुनेमा वीरेन्द्रनगर ६ की चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर १६ की लक्ष्मी ज्ञवाली, चिंगाड ६ का नरे नेपाली र सोही गाउँपालिकाकी दुर्गा गाहा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ |

जिप सडकबाट झण्डै चारसय मिटर तल खसेको जिल्ला प्रहरी सुर्खेतले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!