नेपाल लोक स्टार सञ्चालन गरिने

Posted on: 09 Feb, 2019

माघ २५, सुर्खेत । नेपाली लोकसंगीतको प्रवद्र्धन, बिकास र विश्वव्यापी प्रचार प्रसारका लागि हालसम्मको सर्बाधिक पुरस्कार राशीको लोकस्टार कार्यक्रम आयोजना गर्न लागिएको छ । संसारका अन्य मुलुकमा पनि नेपाली लोक संगीत चिनाउनका लागि चाहाना मिडिया प्रा.लि. ले नेपाल लोक स्टार गर्न लागेको हो । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी चाहाना मिडियाले फाल्गुन १६ गतेदेखि पहिलो अडिसन गर्ने जानकारी गराएको हो । उक्त कार्यक्रममा पहिलो हुनेले ५० लाख पुरस्कार पाउनेछन् ।

नेपाली लोकसंगीतमा लाग्नेहरुलाई अवसर र हौसला प्रदान गर्न कार्यक्रम गर्न लागिएको चाहाना मिडिया प्रा.लि.का अध्यक्ष सहदेव कोइरालाले बताए । फाल्गुन १६ गतेदेखि सुदूरपश्चिम प्रदेशमा पहिलो अडिसन गरी फागुन २० गते कर्णाली प्रदेश अडिसन हुने उनले  जानकारी दिए । लोकस्टारले नेपाली लोक संगीतको व्यवसायीकरण तथा प्रचार प्रसारमा मद्यत पुग्ने उनले बताए । ‘यो कार्यक्रमले लोकसंगीतको लोकप्रियतालाई अझ उचाइँमा पु¥याउने छ ।’ 

कार्यक्रममा नेपालका ७७ वटै जिल्लामा गुञ्जने लोकसंगित समावेश गराई ७ ओटै प्रदेशमा अडिसन गरिने आयोजकले जनाएको छ । विभिन्न चरणमा प्रतिष्पर्धाबाट देशको पहिलो लोकस्टार छानिने छन् । कार्यक्रममा निर्णायकका लागि नेपालका ख्यातीप्राप्त गायक, संगीतकार तथा पत्रकार ऋषी धमला रहने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!