आन्दोलनको घोषणा

Posted on: 30 Mar, 2019

चैत १६, सुर्खेत | विभिन्न माग राख्दै नेपाल खेलाडी तथा प्रशिक्षक संघ सुर्खेतले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर्णालीबाट छनौट भएका खेलाडीहरुका मागहरु तत्काल सम्बोधनका लागि दबाब दिन आन्दोलका कार्यक्रमको घोषणा गरेको हो ।

संघले कर्णालीबाट छनौट भएका खेलाडीहरुलाई एक हप्ता बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, खाजा नास्ताको व्यस्था गर्नुपर्ने, राष्ट्रिय खेलकुद प्रतियोगितमा सहभागी खेलाडीहरुलाई व्यवस्थापन गर्नका लागि खेलकुद संघलाई जिम्मेवारी दिनुपर्ने, खेलाडीहरुलाई खेलकुदका सामाग्रि उपलब्ध गराउनुपर्ने लगायतका माग सहित आन्दोलनको घोषणा गरेको छ । 

भलिवलका रेफ्री अमर चन्दले राजनीतिक नियुक्ति पाएका बाहेक खेल क्षेत्रमा योगदान पुगाएका र अनुभव भएकालाई जिम्मेवारी दिनुपर्ने, खेलकुद विकास समिति र कर्णाली प्रदेश खेलकुद परिषदको हाताभित्र फोहरमैला र धुम्रपान सेवनमा रोक लाउने निर्णय गरिएको जानकारी दिए । आफूहरुका माग पुरा नभए भोलीदेखि खेलकुद परिषदको कार्यालय र अन्य निकायमा तालबन्दी गर्ने चन्दले चेतावनी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!