सुर्खेतमा नेपालकै अग्लो बुद्धमूर्ति बनाइने

Posted on: 16 Jan, 2020

माघ २, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर–६ बुद्धपथमा नेपालकै अग्लो बुद्धमूर्ति बनाइने भएको छ | बुद्ध सरोकार समितिले नेपालकै अग्लो एक सय आठ फिट अग्लो बुद्धमूर्ति बनाउन लागिएको जनाएको छ | मुर्ति निर्माणका लागि  कर्णाली प्रदेशका हरेक नागरिकसँग १०० रुपैयाँ दानमाग्ने निर्णय भएको समितिका अध्यक्ष पञ्चसिंह रोकाया बताए |

धर्मजप माला १०८ दानाको हुने भएकोले १०८ फिटकै मूर्ति बनाउने निर्णय गरिएको हो | मुर्ति निर्माणका लागि माघ तीन गते शुक्रबारदेखि नौ गतेसम्म वीरेन्द्रनगरमा धम्म देशना गर्ने भएको छ | धम्म देशनामा विभिन्न क्षेत्रका धर्म गुरुहरुले दानको महिमाबारे प्रवचन दिने समितिका महासचिव जीवनकुमार शाक्यले जानकारी दिए |

मूर्ति बनाउन ९ देखि ११ करोड रुपैयाँ लागत अनुमान गरिएको छ | मूख्य मूर्तिको वरिपरि फोहरासहित अन्य बुद्धमूर्ति पनि बनाइने समितिले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!