अवैध रुपमा काटिएको १४८ क्युंफिट सालको काठ बरामत

Posted on: 13 Sep, 2020

भदौ २८, सुर्खेत । ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले पञ्चपुरी नगरपालिका वडा नं.२ स्थित शिव मन्दिर सामुदायिक बनमा अबैध रुपमा काटिएको सालको काठ बरामत गरेको छ ।


अबैध रुपमा सालको काठ काटिएको भन्ने गोप्य सूचनाको आधारमा बावियाचौर कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक राम सिंह विष्ट सहितको प्रहरी टोलीले गस्ती गर्दै जाँदा भदौ २६ गते १ सय ४८.२६८ क्युंफिट काठ बरामत गरेको हो । लम्बाई ७ फिट लम्बाई १०४ ईन्च गोलाई भएको गेली थान-१, १० फिट लम्बाई ६९ ईन्च गोलाई भएको गेली थान -१, ४ फिट लम्बाई ६० ईन्च गोलाई भएको गेली थान -१, १० फिट लम्बाई ५६ ईन्च गोलाई भएको गेली थान -१, ५ फिट लम्बाई ४० ईन्च गोलाई भएको गेली थान -२, ६ फिट लम्बाई ३२ ईन्च गोलाई भएको गेली थान -१, चिरान काठ १०*१९*१९ ‍= २५.०६ क्युंफिट, ८*१७*१२ = ११. ३३ क्युङंफिट, ८*१७*१२ = ११. ३३ क्युंफिट r काठ चिर्ने आरा थान-१  गरि जम्मा १४८.२६८ क्युंफिट सालको काठ बरामत गरिएको बावियाचौर प्रहरी कार्यालयले जनाएको  छ ।


साल जातको अबै काठ र काठ चिर्ने औजार समेत बरामत गरी आवश्यक कारवाहीको लागि पञ्चपुरी सब-डिभिजन कार्यालय बाबियाचौर सुर्खेतका फरेस्टर गोबिन्द बुढाललाई जिम्मा लगाईएको प्रहरी कार्यालय बावियाचौरले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!