ईलाका प्रहरी कार्यालय बावियाचौरद्वारा एक महिनामा नै नौसय क्यूविक चिरानी काठ बरामद

Posted on: 10 Sep, 2020

भदौ २५, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा काठ तस्करहरु सलबलाएसंगै ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले गस्ती बढाएको छ । पञ्चपुरीको तोक्मा र मुरमुरे क्षेत्रमा तस्करहरुले सालका रुख ढालेर चिरान गरेर काठ ओसार्ने गरेको सूचना पाएपछि प्रहरीले आफ्नो सकृयता तीव्र रुपमा बढाएको हो । 


पछिल्लो एक महिनामा ईलाका प्रहरी कार्यालय बावियाचौरको टोलीले नौसय क्यूविक काठसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार मात्रै प्रहरीले पञ्चपुरी नगरपालिका–५ मुरमुरेस्थित काल ढुंगा सामुदायिक वनबाट अबैध सालको चिरान काठ र चिर्ने तयारीमा राखिएको काठ प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । विशेष सुराकीको आधारमा बावियाचौरबाट खटिएको प्रहरी टोलीले काठ र औजार बरामद गरेको हो ।

बरामद गरिएको काठ र औजार पञ्चपुरी–सब डिभिजन वन कार्यालय बावियाचौर सुर्खेतका वन रक्षक टेकनारायण श्रेष्ठलाई बुझाएको प्रहरी कार्यालयले जनाएको छ । यस्तै, बावियाचौर प्रहरीले पञ्चपुरी नगरपालिका–३ तोक्मामा अवैध सालको काठ काटिरहेको अवस्थाका तोक्माका ५२ वर्षीय नरबहादुर शाहीसहित काठ बरमद गरेको छ ।


उनको साथबाट काठ चिर्न प्रयोग गरिने आरा एकथान  र बन्चारो तीन थान बरामद गरिएको प्रहरीले बताएको छ । काठसहित पक्राउ परेका शाहीलाई सब डिविजन वन कार्यालय बड्डीचौरका रेन्जर सन्तबहादुर थापालाई बुझाएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सामुदायीका वनका पदाधिकारीहरुले वनको निगरानी नगर्दा काठ तस्करहरु सलवलाएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय वावियाचौर बाट खटिएको प्रहरी टोलीले मध्यराती वनमा गएर काठ बरामद गरि  पन्चपुरी सवडिभिजन बन कार्यालयका कर्मचारी टेकनारायण श्रेष्ठलाई  बुझाएको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!