कोरोना सङ्क्रमण : प्रदेश २ मा मृतक १०७ पुग्यो

Posted on: 10 Sep, 2020

भदौ २५, जनकपुर (रासस) । प्रदेश न २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने १२६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा धनुषाबाट एक जनाको मृत्यु भएको छ । यस प्रदेशमा मृतकको सङ्ख्या १०७ पुगेको छ ।

यसका साथै, सोही अवधिमा सप्तरीमा १५, सिरहामा २१ , धनुषामा २२, सर्लाहीमा ४२, रौंतहटमा दुई, बारामा १५ र पर्सा नौं जना गरी १२६ जना नयाँ सङ्क्रमित थपिएको  समाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो समेत यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ६६५ जना पुगेको छ । सोमध्ये ३०६ जना उपचार गराइ आज निको भएर घर फर्केका छन् । योसमेत गरी अहिलेसम्म ६ हजार २४७ जना निको भएर घर फर्केका हुन् ।

यस प्रदेशअन्तर्गत रहेका १७३ वटा क्वारेन्टिनमा आजसम्म ४४५ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४७९ जना, आइसोलेसनमा ८६४ जना र होम आइसोलेशनमा चार हजार ४४७ जना बसेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!