नेपाल इन्भेष्टमेण्ट बैंकको ८० औं शाखा सुनसरीको देवानगंज गाँउपालिकामा

Posted on: 12 May, 2019

वैशाख २९, सुनसरी | नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगंज गाँउपालिकामा आफनो ८० औं शाखा विस्तार गरेको छ । देवानगंज गाँउपालिका वडा नं. २ स्थित देवानगंज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्नेछ । बैंक परिसरभित्रै  केही समयमा नै एटिएम सेवा पनि संचालनमा ल्याइँदैछ ।

शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।


बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।  

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

Bank of the Year पाँच पटक प्राप्त गरिसकेको NIBL ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेको अब्बल प्रदर्शनका कारण Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence “Best Bank 2018” अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा A बाट A+ ल्याई स्त्तरोनन्ति गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!