जब विवाह गरेको एक घण्टामै बच्चा जन्मियो !

Posted on: 17 Feb, 2020

फागुन ५, एजेन्सी | अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएको छ |  अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए |

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन्। उनले छोरीलाई जन्म दिएकी छिन्। जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् |

उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ। नवविवाहित र नयाँ आमा–बुवालाई बधाई। जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!