दम्पत्तिले रोमान्स गर्नका लागि दुई वर्षको बच्चालाई गाडेपछि...

Posted on: 10 Feb, 2020

माघ २७, एजेन्सी | सबै बुबा आमाका लागि आफ्ना सन्तान प्यारा नै हुन्छ | आफ्ना चाहनालाई त्यागेर बुबा आमाले आफ्ना छोरा-छोरीको चाहना पुरा गरिदिएका हुन्छन | एउटा यस्तो सुन्दै अचम्म लाग्ने ह्र्द्यविदारक घटना अर्जेन्टिनामा भएको छ |

दम्पतीले आफू रोमान्स गर्नको लागि २ बर्षे छोरालाई बालुवामा खाल्डो खनेर घांटी सम्म गाडेका छन् | अर्जेन्टिनाको ब्युनर्सआयर्सस्थित समुद्री तट क्षेत्रमा एक बच्चालाई बालुवामा गाडेर एक दम्पत्तिले रोमान्स गरिररहेको भन्दै प्रत्यक्षदर्शीहरुले जानकारी गराएपछि पुलिस घटना स्थलमा पुगेका थिए |

बच्चालाई गाडेको करिब एक घण्टापछि पुलिस त्यंहा पुगेको थियो | त्यसपछि दम्पतिलाई तत्काल पक्राउ गरी पुलिसले बालकको उद्दार गरेको छ | रोमान्स गर्नका लागि आफ्नै बच्चालाई बालुवामा गाड्ने त्यो दम्पत्तिमध्ये बाबु अर्जेन्टिनी नागरिक र आमा चेक गणतन्त्रकी नागरिक भएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!