विवाहमा लगाउने सारीको बिषयमा विवाद भएपछि बेहुला फरार

Posted on: 09 Feb, 2020

माघ २६,एजेन्सी | भारतको कर्नाटक एक व्यक्ति  बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद हुँदा  विवाहको एक दिन अघि भागेका छन् | बुधबार भएको उक्त घटनामा बेहुलाका अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद भएको थियो |

 बीएन रघुकुमार नामका युवक अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभइ भागेका हुन् | ‘हामीले रघुकुमारविरुद्ध जालसाजींको मुद्दा दर्ता गरेका छौं । उनी अहिले फरार छन् ,’ हसननगरका एसपी श्रीनिवास गोदले बताएका छन् |

रघुकुमार र बीआर संगिथाको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो | विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए | तर बेहुला फरार भएपछि प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेका छन् |

विवादपछि दुलाहाका अभिभावकले बिहीबारलाई तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको समाचारमा जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!