मानिसको मृत्यु हुनु अघि देखिन्छन यस्ता ९ लक्षण !

Posted on: 07 Feb, 2020

माघ २४,काठमाडौँ | संसारको नियम् नै छ मानिस जन्मिएपछि अवश्य मर्छ | भौतिक शरीर छोडेर एक न एक दिन मान्छे जान्छ नै तर हाम्रा धर्म ग्रन्थहरुमा शरीरको मात्रै मृत्यु हुने र आत्मा कहिल्यै नमर्ने भनेर लेखिएको छ | यसरी आध्यात्मिक रुपमा हेर्दा मानिसको मृत्यु हुनु भन्दा अगाडी यस्ता लक्षणहरु देखिन्छन् जुनकुरा पुराणमा लेखिएको छ:-

१. मानिसको छायाँ हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नु पर्दछ | जुन कुनै व्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो |

२. मानिसको आँखामा ज्योति कम हुँदै जानु पनि मृत्यु निकट भएको हुनसक्छ | नजिक बसेका व्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ |

३. जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन्। फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडि आउँछन् |

४. जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृत्यु हुनु अघि प्रकाश देखिन्छ। यस्ता व्यक्ति मृत्युको समयमा निश्चिन्त देखिन्छन्।

५. गरुड पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने व्यक्तिको नजिक देखिन्छन्। मृत्यु हुन लागेका व्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ।

६. पाप कर्म धेरै गरेका व्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन्। यस्ता व्यक्ति मृत्यु हुने समयमा डराएको देखिन्छ।

७. शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ। बोल्न खोजे पनि बोली आउँदैन। कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ।

८. गरुण पुराणका अनुसार आत्मा जीवनका सबै घटनाको अर्थात् कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ। भौतिक शरीरलाई आफूले गरेका खराब कर्मको प्रायश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ।

९. उक्त पुराणका अनुसार मृत्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा र्पुयाउँछन्। यमराजले कर्मअनुसार नर्कमा सजायँ सुनाउँछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!