२२ रुपैयाँका लागि शरीर बेच्न बिवस किशोरीको अवस्था यस्तो छ !

Posted on: 06 Feb, 2020

माघ २३, एजेन्सी | दक्षिणी अफ्रिका केहि क्षेत्रहरुमा निकै खाद्य संकट र भोकमरीको सामान गर्नु परेको छ | मानिसले बाच्नका लागि जे पनि गर्छ भन्ने कुरालाई यो घटनाले पुष्टि गर्छ | निकै दयनीय आर्थिक अवस्था भएका महिलाहरु आफ्नो शरीर बेचेर बाच्न बिवस छन् |

उक्त ठाउँमा खानेकुरा जुटाउनकालागि किशोरीहरु २२ रूपैयाँमै यौन सम्बन्ध राख्न तयार छन् | र मानवीय आधारमा सहायता पुर्‍याउँदै आएको अन्तर्राष्ट्रिय संस्था वर्ल्ड भिजनले भोकमरीबाट ज्यान बचाउनका लागि अंगोलमा १२ वर्षदेखिका किशोरीहरू औसतमा ३० रूपैयाँमा यौन सम्बन्ध राख्न बाध्य हुने गरेको बताएको रोयटर्सले जनाएको छ |

दक्षिण अफ्रिकामा साढे ४ करोड मानिस भोकको सामना गरिरहेको राष्ट्रसंघले बताएको छ | लामो समय देखिको खडेरी,आर्थिक अवस्था कम्जोर भएका कारण किशोरीहरुले यस्तो समस्या झेलिरहेका छन् | वर्ल्ड भिजनका अनुसार यी देशहरुमा बालविवाहको खतरा बढेको छ भने,कर्मचारीले अंगोला, जिम्बाब्बेमा देह व्यापार गर्ने किशोरीको संख्यामा वृद्धि भएको छ | ‘हुन सक्छ कि यहाँका युवतीहरूले यौन सम्बन्धका लागि ७२ रूपैयाँ (स्थानीय मुद्रामा ५ सय क्वान्जा) पाउछन् । कतिपयले २९ रूपैयाँ (२०० क्वान्जा) मा पनि यौन सम्बन्ध राख्छन् |'अंगोलमा वर्ल्ड भिजनका आपत्कालीन निर्देशक रोबर्ट बुल्टनले भने |

उनका अनुसार र पछिल्लो एक वर्षमा खाद्यान्नको मुल्य दुई गुणाले बढेको छ जसकारण सर्वसाधारणलाई निकै समस्या परेको छ | ४ वर्षसम्मका युवतीहरू देह व्यापार गरिरहेको केयर इन्टरनेसनल संस्थाले उल्लेख गरेको छ |

कतिपय अवस्थामा देह व्यापार गर्ने युवतीले २२ रूपैयाँ मात्रै पनि पाउने संस्थाका क्षेत्रीय लैंगिक विशेषज्ञ एभरजोए महुकुले बताए | उनका अनुसार महिला तथा युवतीहरुले जबर्जस्ती देहव्यापार गर्नुपर्ने स्थिति छ |अफ्रिकी मुलुकहरु जाम्बिया, मादगास्कर, नामिबिया, लेसोथो र इस्वातिनी यस्तो संकटको सामना गरिरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!