बलात्कार गर्न खोज्ने पुरुषको लिंग महिलाले काटी दिएपछि...

Posted on: 06 Feb, 2020

एजेन्सी | एक महिलाले आफुलाई बलात्कार गर्न खोज्ने पुरुषको लिंग काटिदिएकी छिन् | घरमा एक्लै भएको बेलामा पसेर बलात्कारको प्रयास गरेको ति महिलाले बताएकी छन |  

पाकिस्तानको पञ्जाब प्रान्तमा भएको उक्त घटनामा पुरुषले गरेको बलात्कार प्रयासपछि दौडिँदै भान्सा गएर महिलाले चक्कुले लिंग काटेकी हुन् | त्यसपछि उनले पुरुषको लिंग काटेको प्रहरी अधिकारी मोहम्मद इल्यासले बताए | ती पुरुषलाई तत्कालै फैसलाबादस्थित सिभिल हस्पिटलतिर दौडाइएको र त्यहाँ उनको उपचार गरिएको बताइएको छ |

एएसपी जरनवाला बिलाल सुलहरीले ती पुरुष र महिला एकअर्कासँग परिचित रहेको र पुरुषले अर्कै महिलासँग विवाह गर्न लागेको बताए | प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!