टिकटकमा भाईरल बन्न खोज्दा झन्डै ज्यान गयो !

Posted on: 02 Feb, 2020

माघ १९, एजेन्सी | आजभोली निकै भाइरल भएको एप हो टिकटक  | पछिल्लो समय धेरैले आफ्ना विभिन्न रमाइला भिडियो बनाएर पोष्ट गर्ने गरेका छन् | १५ सेकेन्डको भिडियो पोष्ट गर्न सकिने उक्त टिकटकमा धेरै मानिसहरु भाइरल भइसकेका छन् |

कतिले त टिकटकबाटै पपुलर भएर फिल्म, भिडियो समेत खेलिसकेका छन् | सोहिक्रममा भाईरल बन्न खोज्दा एक किशोरीको भिडियो बनाउँदै गर्दा मुखमा हर्मानिका अड्किएको  | मुखमा हर्मानिका अड्किएपछि किशोरीलाई अस्पताल भर्ना गरिएको छ |

क्यानडाकी मोली ओब्रियन नाम गरेकी ति महिलाको भिडियो अहिले भाईरल भईरहेको छ | उनले भिडियो बनाउँदा हर्मोनिया अड्किएपछि आफूले नराम्रो काम गरेको बताएकी छिन् | आफूले भाईरल बन्नका लागि गरेको यो कामले झन्डै ज्यान गएको बताउँछिन् | 

यो भन्दा अगाडि एक युवकले मुखमा ठूलो स्याउ राखेर टिकटक भिडियो बनाउँन खोज्दा निल्न र ओकल्न पनि नसकेपछि मुखमै अड्किएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!