दलालमार्फत बोलाएकी यौनकर्मी युवती आफ्नै श्रीमती परेपछि...

Posted on: 21 Jan, 2020

 एजेन्सी | भारतको उत्तराखण्डको काशीपुरमा एक जना युवकले एक युवती बोलाएका थिए | ति युवती युवकको अगाडी पुग्ने बितिक्कै उनको होस् उड्यो, जबकी ति युवती/यौनकर्मी ति युवककै श्रीमती थिइन् | ति युवकले एक दलालसँग ह्वाट्सएपमार्फत यौनकर्मी युवती बोलाउन लगाएका थिए |

दलालले बोलाएकी युवती उनकै श्रीमती भएपछि दुवै जनाबीच निकै विवाद चर्कियो | श्रीमान श्रीमतीबीच झगडा भएपछि दुवैले एकअर्का विरुद्ध उजुरी दिए | बिवाहपछि ति श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्दै आएकी थिइन् |

उनी माइतमा धेरै घरमा थोरै बस्ने गर्थिन | ति युवतिकी साथीले एक दिन उनका श्रीमानलाई उनले यौनकर्मीको काम गर्ने बताएपछि ति युवकले  ह्वाट्सएपमार्फत दलालसँग कुरा गरेर एक यौनकर्मी महिला पठाउन भने |

दलालले फोटो समेत रोज्न लगाए र उनले आफ्नै श्रीमतीको फोटो रोजेका थिए | श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको भन्दै उजुरी दिएकी हुन् | श्रीमानले पनि श्रीमती यौन धन्दा गर्ने बताउँदै उजुरी दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!