सावधान ! जति नै आर्कषक भए पनि कहिल्यै घरमा नल्याउनुस् यी तस्बिरहरु

Posted on: 19 Nov, 2019

एजेन्सी | मानिसको सौख हुन सक्छ धेरैलाई सजावट मन नै पर्छ | घरका हरेक कोठामा राम्रो तरिकाले सजाउनु मानिसको सौख हुन्छ | आफ्नो सौखको लागि मानिसहरुले घरमा तस्बीरहरु पनि राख्ने गर्छन | सबै तस्बिरहरु घरमा राख्न योग्य नहुन पनि सक्छन | केहि यस्ता तस्बिरहरुले मानिसमा नकारात्मक हानि गर्न पनि सक्छ | 

वास्तु शास्त्रमा उल्लेख अनुसार भेटे जति सबै तस्बिरहरु घरमा राखेर सजाउनु हुदैंन | जसमा केहि यस्ता तस्बिरहरु पनि पर्न सक्छन जसले गर्दा घरनै अशुभ बनाउछ |

१. कुनै तस्बिरमा पानी बगिरहेको छ, छागा लहराइरहेको हुन्छ भने त्यस्ता तस्बिर घरमा नल्याउँनु राम्रो हुन्छ | किनकी वास्तु शास्त्रको अनुसार जसरी पानी बगिरहेको हुन्छ घरमा रहेको पैसा पनि विना कारण खर्च भइरहने हुन्छ |

२. डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्बिर घरमा राख्नुहुँदैन | किनकी हरेक दिन यस्तो तस्बिर हेर्दा मानिसमा गहिरो असर पर्छ | जसले भाग्यमा बाधा पुग्ने बताइन्छ | 

३. वास्तु शास्त्रका अनुसार बजारमा केहि यस्ता तस्बिर भेटिन्छन् जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्बिर पनि घरमा राख्नु हुदैन | यदि यस्ता तस्बिर राखेको खण्डमा व्यक्ति आक्रामक हुने र रिसालु हुन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!