यस्तो छ,सुन र हिराबाट बनेको ट्वाइलेट

Posted on: 12 Nov, 2019

कार्तिक २६, एजेन्सी | सबै भन्दा बहुमुल्य धातु हो सुन | प्राय मानिसहरुले सजावट र राम्रो बन्नका लागि सुनका गहना पहिरने गर्दछन | सुन्दा सबैलाई अचम्म लाग्न सक्छ | 

हाम्रै छिमेकि देश चीनका राष्ट्रपति सि जिङ पिङद्वारा उद्घाटन गरिएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सुनको ट्वाइलेट प्रर्दशनमा राखिएको थियो | जसमा ४०८१५ वटा हिरा जडान गरिएको छ । भने उक्त ट्वाइलेटलाई हङकङको अरोन शुम ज्वेलरी फर्मका कोरोनेटले डिजाइन गरिएको हो | ट्वाइलेटको सिटमा हिरा जडान गरिएको छ । 

भने सिटमा बुलेट प्रुफ सिसा राखिएको छ । ४०८१५ वटा हिराको तौल ३३३.६८ क्यारेट रहेको छ । गहना फर्मका अनुसार ट्वाइलेटलाई गिनी वल्र्ड रेकर्डमा दर्ता गर्ने तयारी रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!