पुरुष बास्केटबल खेलाडी गर्भवती भएको रिपोर्ट सार्वजनिक भएपछि...

Posted on: 07 Aug, 2019

साउन २२, एजेन्सी | अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी.जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि खेलखेल्न निषेध गरिएको छ । अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे उनलाई इन्टरनेशनल बास्केटबल फेडेरेशन (एफआइबीए) ले प्रतिबन्ध गरेको छ । 

उनको पिसाबको परीक्षण गरेको रिपोर्टमा ह्युमन कोरियोनिक गोन्याडोट्रोपिन (एचसीजी) को अत्यधिक मात्रा पाइएको थियो । एचसीजी एउटा यस्तो हर्मोन हो जुन पाठेघरले गर्भावस्थाका बेला निष्कासन गर्छ ।

यस्तो अचम्मको घटनाको प्रशंसा गर्नुको साटो एफआईबीएले उनले आफ्नो भनेर गर्भवती छु भनेर थाहा नभएकी महिलाको पिसाब दिएको अनुमान गरेको छ । त्यसकारण उनीहरुले उनलाई दुई वर्षका लागि प्रतिबन्ध लगाएका छन् ।

स्लोभेनियाको मिडियाले कुपरले आफ्नी प्रेमिकाको पिसाब दिएको दाबी गरेको छ । त्यतिबेला यी दुईलाई उनी गर्भवती भएको थाहा नभएको बताइन्छ । एफआईबीएले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेको छ । यद्यपि, कुपरले सन् २०२० को जुन २४ पछि मात्र खेल्न अनुमती पाएको पुष्टि भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!