छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछि...

Posted on: 06 Aug, 2019

साउन २१,  एजेन्सी | १९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ परेका छन् । रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियोमा ४२ वर्षे ती कैदीले आफूले छोरीजस्तो देखिन जे जति सामग्रीको प्रयोग गरेका थिए, ती सबै  एकएक गर्दै निकालिरहेको देख्न सकिन्छ । अधिकारिका अनुसार बुवालाई जेलबाट भगाउन सहयोग गर्ने छोरीलाई पनि पक्राउ गर्ने सम्भावना छ ।

जेल अधिकारीका अनुसार १९ वर्षे छोरी आफ्नो बुवा क्लाउभिनो दा सिल्भालाई भेट्न रियो दे जेनेइरोस्थित बांगु थ्री नामको जेलमा आएकी थिइन् । सिल्भा ७३ वर्ष १० महिनाको जेल सजाय काटिरहेका थिए । तर छोरीको रुप धारण गरेर भाग्ने सिल्भाको योजना बीचमै तुहियो । उनको असामान्य रुपलाई गार्डले चिनिहाले । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा हालियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!